वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

Anjita Karki
anjita.karki@nepalijanta.com

जनकपुरधाम । पर्साको वीरगञ्ज महिनगरपालिका २३ स्थित प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेको छ ।

प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले निकालेको मोटरसाइकल जुलुसमा सहभागी युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा लागेर घरको सिसा फुटेको छ ।

पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले मोटरसाइकल जुलुसमा सहभागी कांग्रेसका एक कार्यकर्ताले मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गरेको बताए । उनले ढुङ्गा लागेर घरको सिसा फुटेको र प्रहार गर्नेको खोजी गरिरहेको बताए ।

मोटरसाइल जुलुस निकालेका कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा बोकेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् ।

यो पनि पढ्नुहोस  कामपामा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि
४,माघ.२०७८,मंगलवार १६:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: