पुलिसलाई हराउँदै सशस्त्रले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टि–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो ।

पुलिसका दिपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।

५,माघ.२०७८,बुधबार १३:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्