सुनकाे मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो, यस्ताे छ बजार भाउ

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नुहोस  नेपाली कांग्रेस कैलालीको निर्वाचन मतगणना आज ११ बजेदेखि सुरु हुने
६,माघ.२०७८,बिहीबार ११:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: