काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा वृद्धि

5.01K
shares
khanepani bord

सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले चालु आर्थिक वर्षमा एक करोड ११ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।

सगरमाथ क्षेत्र भ्रमणमा आउने पर्यटकहरूको आगमन दस्तुरसँगै विविध शीर्षकमा उक्त राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए ।

सहायक संरक्षण अधिकृत रोकायका अनुसार सगरमाथा क्षेत्रमा चालु आर्थिक वर्षमा पर्यटकको चहलपहल शुरू हुँदै गर्दा पुनः कोरोना संक्रमणदर उकालो लागेपछि पर्यटकको आगमनमा धक्का लागेको छ । उनका अनुसार गत वर्षको तुलनामा पर्यटकको संख्या बढ्दो क्रममा रहे पनि पछिल्लो दुई हप्तायता आगमन ह्वात्तै घटेको छ ।

गत आर्थिक वर्षभर सगरमाथा क्षेत्रमा तीन हजार ८७१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यस अवधिमा एक करोड २१ लाख २५ हजार ८३६ रुपैयाँ राजश्व संकलन भएको थियो ।

यस वर्षको साउनदेखि पुससम्म आठ हजार ५७ जनाले सगरमाथा क्षेत्र प्रवेश गरेका छन् भने एक करोड ११ लाख २१ हजार १३ रुपैयाँ राजश्व संकलन भएको छ । उनका अनुसार नेपालीले प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रतिव्यक्ति राजश्व बुझाउनुपर्छ ।

चालु आर्थिक वर्षमा सगरमाथा क्षेत्रको संकलित राजश्वमध्ये साउन महिनामा ४० हजार २८ रुपैयाँ संकलन गरेको छ । त्यस्तै भदौमा एक लाख ५५ हजार दुई रुपैयाँ , असोजमा १८ लाख २५ हजार ५५१ रुपैयाँ, कातिकमा ५४ लाख १३ हजार ७१३ रुपैयाँ, मंसिरमा २७ लाख ७० हजार २८१ र पुसमा एक लाख १६ हजार ४३६ रुपैयाँ राजश्व संकलन गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत रोकायले जानकारी दिए ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शल्कसँगै भरिया प्रवेश शल्क, शाहसिक पर्यटन शुल्क (प्यारग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाईट), वन पैदावार शुल्क, हेली ल्याण्डिङ शुल्क आदि शीर्षकमा राजश्व संकलन गर्दै आएको छ ।

सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

IME
khanepani