माओवादीकाे भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। भोलि ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो।

स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म बैठक स्थगन गरेको माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठक भने भोलि बिहान बस्नेछ ।

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरी भोलि बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

यसअघि पुस २५ गतेका लागि बोलाइएको बैठक पनि अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बस्न सकेको थिएन।

यो पनि पढ्नुहोस  मुद्दा मिलाइदिन्छु भन्दै तीन लाख मागेको आरोपमा कानून व्यवसायी पक्राउ
७,माघ.२०७८,शुक्रबार १२:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: