सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुल्यो

Anjita Karki
anjita.karki@nepalijanta.com

चितवन । सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हतार नगरी यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस  महामन्त्री कोइरालाले भने, 'दश दिनभित्र अविश्‍वास प्रस्ताव ल्याएर कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ'
७,माघ.२०७८,शुक्रबार १२:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: