धनुषामा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

जनकपुरधाम । धनुषामा मास्क नलगाउनेलाई जिल्ला प्रशासनले अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको भन्दै स्थानीय प्रशासनले कडाई गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरेपछि पनि मास्क नलगाउने जो कोही फेला परे जरिवाना असुल गरिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आइतबारदेखि मास्क नलगाउनेसँग रु १ सयका दरले जरिवाना असुली गरिनेछ ।

शुक्रबारदेखि मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको छ । जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क लगाउन जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

७,माघ.२०७८,शुक्रबार १३:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्