सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

सिरहा । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बिहान ११:४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा मुटुसम्बन्धी समस्या थियो ।

७,माघ.२०७८,शुक्रबार १६:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्