जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना, अत्यावश्यकबाहेक सेवा बन्द

5.46K
shares
khanepani bord

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ ।

प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी दिएको छ ।

सूचनाअधिकारी जोशीकाअनुसार अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाले परीक्षण गराउने तयारी भइरहेको छ ।

khanepani