काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि, थप १६ जनाको मृत्यु

5.54K
shares
khanepani bord

काठमाडौँ । देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

IME
khanepani