साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घट्याे, यस्ताे छ बजार भाउ

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३००ले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालु साताकाे पहिलाे दिन आइतबार ताेलामा ३००ले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघ अनुसार गत साताकाे अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नुहोस  शिक्षक सेवा आयोगको परीक्षा र माध्यमिक शिक्षा परीक्षा एसईई सग जुध्ने सम्भावना
९,माघ.२०७८,आईतवार ११:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: