प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको छ । ‘अहिले स्वास्थ्य स्थिर छ,’ पारिवारिक स्रोतले भन्यो ।

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी -पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।

९,माघ.२०७८,आईतवार ११:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्