काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

स्थानीय तहको निर्वाचन सार्ने धोखाधडी र बहानाबाजी किमार्थ स्वीकार्य छैन : ओली

4.21K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्न सरकारले बहानाबाजी गरिरहेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । आइतबार सरकारका ६ महिनाबारे वक्तव्यमार्फत एमालेका धाराणा सार्वजनिक गर्दै ओलीले भनेका छन्, ‘स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा (एमाले)को स्पष्ट, द्विविधारहित र दृढ अडान छ । यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुने छैन ।’

स्थानीय तहको चुनाव र्सान बैशाखमै प्रतिनिधिसभाको चुनाव गर्न कार्ड फ्याँकेको अरोप पनि ओलीको छ । ‘स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ’कार्ड’ फ्याँकेका छन्,’ ओलीले भनेका छन्, ‘यो प्रस्ताव कुनै असल मनशायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ ।’

आफ्नो पार्टी ताजा जनादेशको पक्षमा उभिएको भए पनि स्थानीइ तहको निर्वाचन सार्ने पक्षमा भने आफूहरु नरहेको ओलीले स्पष्ट पारेका छन्। ‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं,’ उनको भनाइ छ, ‘हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

IME
khanepani