काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु,आमाबुबाको अवस्था गम्भीर

6.42K
shares
khanepani bord

काठमाडौं । भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको हो ।

रामेछाप मन्थली नगरपालिका घर भई हाल गाम्चामा बस्ने ३० वर्षका अभिषेक रम्तेलका ३ महिनाको छोराको आगो तापने क्रममा निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मन्थलीका ३० वर्षका अभिषेक रम्तेल, श्रीमती २८ वर्षीया पसुना तामाङ र ३ महिनाको छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा २ बर्ष देखि डेरा गरी बस्थे । उनीहरु शनिबार बेलुका खाना खाएर आगे तापेर सुतेका थिए ।

बिहान अवेर सम्म पनि नउठेपछि स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अबस्थामा देखिएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियोृ । उपचारकै क्रममा आज बिहान साढे ८ बजे ३ महिनाको छोराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani