नेपालमा थप २८ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ जनाको नमुना परीक्षण गर्दा २८ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

यसअघि २७ जना ओमिक्रोनका संक्रमित नेपालमा भेटिएका छन् ।

मन्त्रालयका अनुसार चार जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ६ हजार ४६२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

यो पनि पढ्नुहोस  बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव
९,माघ.२०७८,आईतवार १७:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: