अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगमा स्वास्थ्य परामर्शका लागि कल सेन्टर

काठमाडौं । नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ ।

मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

महासचिव रिजालका अनुसार आफू वा आफ्ना नजिककालाई समस्या भएमा ११५६ मा कल गरेर परामर्श लिन सकिनेछ । अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगम उक्त सेवा सुरु हुन लागेको हो ।

१०,माघ.२०७८,सोमबार १६:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्