सुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ

काठमाडौं । सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा म‌ंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

११,माघ.२०७८,मंगलवार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्