चार्टर्ड उडानमा बढी भाडा तिरेका यात्रुबाट सरकारले माग्यो विवरण

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा सरकारले तोेकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट सरकारले विवरण माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक आहृवान गर्दै बढी भाडा तिरेका यात्रुले आफ्नो पिरमर्का खुलाई मन्त्रालयको इमेल [email protected] मा पठाउन सक्ने छन् । मन्त्रालयले भनेको छ, ‘अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा बढी भाडा तिर्न बाध्य भई मर्का परेका महानुभावहरुले आधिकारिक कागजातसहति सात दिन भित्र निवेदन इमेल गरि छानविन कार्यमा सहयोग पर्‍याउन अनुरोध छ ।’

सरकारले चार्टर्ड उडानमा भएको अनियमितता बारे थप छानविन गर्न छानविन समिति गठन गरेको छ । यसअघि गठन भएको समितिका सिफारिस कार्यान्वयनमा भएको ढिलासुस्तीबारे सम्बन्धित निकायबाट स्पष्टिकरण लिन र थप छानविन गर्न मन्त्रालयले यस्तो समिति बनाएको थियो ।

सोही समितिको छानविनको प्रयोजनका लागि विवरण मागिएको हो । कोभिड १९ को संक्रमणको पहिलो चरणमा नेपाल भित्र बन्दाबन्दी घोषणा भएपछि विदेशमा अलपत्र व्यक्तिलाई फर्काउन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो ।

११,माघ.२०७८,मंगलवार १६:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्