प्रदेश सांसद दवाडीले एक वर्षमा समाजसेवामा लगाए साढे १३ लाख

काठमाडौं । गोरखाका प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले एक वर्षको अवधिमा समाजसेवामा १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्च गरेको बताएका छन् ।

२०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनले आफूले पाउने सेवा सुविधा समाजसेवामा लगाउने घोषणा गरेका थिए । सोही अनुसार २०७७ पुसदेखि २०७८ पुस मसान्तसम्म १३ लाख ६३ हजार ८ सय रुपैयाँ विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोग गरेका हुन् ।

उनले यो वर्ष आफूले कोरोना महामारी नियन्त्रणमा सहयोग केन्द्रित गरेको बताएका छन् । ‘आफैंले औषधि किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका बेला वृद्धवृद्धालाई आवश्यक औषधि बोकेर म घरघरै पुगेँ । अन्य विभिन्न बिरामीको उपचारमा अस्पतालमै पुगेर पनि सहयोग गरेँ’ उनले भनेका छन् ।

प्रदेशसभा सदस्य दवाडीले विभिन्न स्वास्थ्य चौकीलाई औषधि खरिदका लागि एक पटक ३ लाख २० हजार र एक पटक २ लाख रुपैयाँ सहयोग गरेको विवरण सार्वजनिक गरेका छन् । त्यस्तै विभिन्न सामुदायिक संघसंस्थालाई पनि उनले औषधि खरिदका लागि रकम सहयोग गरेका छन् ।

हेर्नुहोस् प्रदेशसभा सदस्य दवाडीले सार्वजनिक गरेको सहयोगको सूची

११,माघ.२०७८,मंगलवार १७:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्