नेकपा एमालेका पूर्व नेता वामदेव गौतमको दम्पतीलाई कोरोनाभाइरस संक्रमण

काठमाडौं । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

१२,माघ.२०७८,बुधबार १०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्