आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यो पनि पढ्नुहोस  बागमतीमा मन्त्रालय टुक्राउँदा पूर्वाधार र कर्मचारी अभाव
१२,माघ.२०७८,बुधबार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: