
जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् ।
सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए ।
त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्