धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

काठमाडौं। धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका-१९ का २९ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ ३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा लिभरसम्बन्धी समस्या थियो ।

१२,माघ.२०७८,बुधबार १३:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्