काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

माधव नेपालको दाबी, ‘राष्ट्रियसभाका १९ वटै सिट जित्छौं, अरु चुनावमा पनि यसले तरंग ल्याउँछ’

5.04K
shares
khanepani bord

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन । राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए । उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्ने छ ।’

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’

IME
khanepani