कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषदको बैठक आज बस्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषदको बैठक आज बस्ने भएको छ । आज दिउँसो एक बजे सिद्धार्थ होटलमा परिषदको बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।

‘सबै पालिकाका प्रमुख उपप्रमुख एवम अध्यक्ष उपाध्यक्ष ज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठकको आव्हान गरेका हौं,’ उनले भने, ‘a}ठकमा प्रदेशसभाका सदस्यहरु, ७९ वटै पालिकाका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।’

वैठकमा कर्णालीको विकास निर्माणका लागि आवश्यक सुझाव सल्लाह लिने र दुवै तहका सरकारबीच थप सम्वन्ध प्रगाढ बनाउँदै विकास निर्माणमा तीव्र रुपमा ध्यान दिने गरी छलफल गरिने मुख्यमन्त्रीले बताए ।

१३,माघ.२०७८,बिहीबार १०:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्