धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको काउन्टर सेवाको सुरुवात

काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिकाको वडा नं. ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टरको सेवाको सुरुवात गरेको छ ।

सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरुले गरेका छन् ।

हालसम्म सनरमज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

१३,माघ.२०७८,बिहीबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्