काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित

3.77K
shares
khanepani bord

एजेन्सी । दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ ।

आगामी दिनमा दैनिक संक्रमितको संख्या अझै दोब्बर हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । विज्ञहरुले दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या २० हजार नाघ्ने अनुमान गरेका छन् ।

गम्भीर बिरामी र मृत्यु घटाउनु सरकारको मुख्य प्राथमिकता भएको प्रधानमन्त्री किम बु केउमले बताएका छन् ।

khanepani