परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध जनकपुरधाममा प्रदर्शन

Anjita Karki
anjita.karki@nepalijanta.com

जनकपुरधाम। परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सीटीईभीटीले आगामी माघ २७ गतेदेखि परीक्षा तोकेकोमा उक्त परीक्षा हालै स्थगित गरेको छ । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले रमानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

पटक–पटक परीक्षा स्थगित गरेर ३ बर्षको कोर्षलाई ५ वर्षसम्म पुर्‍याउन चाहेको विद्यार्थीको भनाइ छ । उनीहरुले वैकल्पिक विधीबाट परीक्षा नभए भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा लिनुपर्ने बताएका छन् ।

यसरी पनि नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुले बताए ।

डिप्लोमा तहमा अध्ययनरत सुमित यादवले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाइने र समयमै परीक्षा हुनुपर्ने बताए ।

यो पनि पढ्नुहोस  सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न,सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक जारी
१३,माघ.२०७८,बिहीबार १५:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: