काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

5.29K
shares
khanepani bord

सप्तरी । कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

रूपनी गाउँपालिका-१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएकाे हाे । याेसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।

बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपाेर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएकाे थियाे । साेही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए।

यसअघि विष्णुपुर गाउँपालिका-७ का एक पुरूष र रूपनी गाउँपालिका- १ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ।

सप्तरीमा बुधबार पीसीआरका लागि १७ जनाले स्वाब दिएकामध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ९८ पुगेको छ। सबैको होम आइसोलेसनमा रहेको यादवको भनाइ छ।

IME
khanepani