
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज (बिहीबार) अपराह्न ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
‘एक घण्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो ।
१३,माघ.२०७८,बिहीबार १७:०० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्