चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले गरे आक्रमण

काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

निवासबाट कार्यालय जाँदै गर्दा बिहीबार बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको हो ।

आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

उक्त आक्रमणको घटनाप्रति चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गरेर घोर भर्त्सना गर्दै संलग्‍नमाथि कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्‍य घटनाको आयोग घोर भर्त्सना गर्दछ। साथै उक्त कार्यमा संगल्न व्‍यक्ति/समूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’

१३,माघ.२०७८,बिहीबार १७:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्