काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलायो

5.16K
shares
khanepani bord

काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोगल स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले सरकारले मिति तोकेको छैन ।

बरु सरकारले संविधानसँग बाझिएका निर्वाचनसँग सम्बन्धी ऐनकानुन संशोधन गर्ने विषयमा कानुनका जानकारहरुसँग परामर्श लिंदै आएको छ ।

IME
khanepani