जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

गाउँपालिकाको रकम हराएकामा तीन कर्मचारीविरुद्ध मुद्दा

4.11K
shares
khanepani bord

काठमाडौं । सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पञ्चकन्या गाउँपालिका-२ की वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

गत ०७७ चैत २४ गते बैंकबाट ल्याएको सामाजिक सुरक्षा भत्ता र वडामा उठेको राजश्व रकम गरी ५३ लाख एक हजार ८५६ रुपैयाँ शंकास्पद तरिकाले हराएको थियो । वडासचिव राउतलगायतले रकम हराएको बारेमा प्रहरीमा उजुरी नगरेको र कार्यालयबाट हराएको बताए पनि कुनै तोडफोड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी निलप्रसादसँग रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उक्त घटनामा पैसा हराएको भनिए पनि सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको अख्तियारको भनाइ छ ।

उनीहरूले बदनियतपूर्णा तवरले सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको ठहर गर्दै तीनै जनाविरुद्ध हानी नोक्सानी गरेको रकम ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।

khanepani