निजी र ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ ।

आज बसेको सीसीएमसी बैठकपछि पत्रकारहरु सगँ कुरा गर्दै प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । ‘सीसीएमसीको सिफारिसमा अब डीसीसीएमसीले खुलाउने निर्णय गर्न सक्छन्’ प्रवक्ता नेपालले बताइन् ।

कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।

१४,माघ.२०७८,शुक्रबार १८:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्