काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

कांग्रेस सम्बद्ध आदिवासी जनजाति संघका अध्यक्षले दिए राजीनामा, पार्टीबाट सहयोग नपाएको गुनासो

5.06K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन ।’

अघिल्लो सरकारले खारेज गरेको चाडपर्वका विदालाई अहिले कांग्रेस नेतृत्वको सरकारले मौन समर्थन गरेको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

गुरुङले लेखेका छन्, ‘नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउँदै आएको सार्वजनिक विदाहरु पुनर्स्थापित नहुँदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन ।’

उनले २०७४ फागुन २७ गते संशोधित विधान चार वर्ष पुग्न लाग्दा पनि आजसम्म पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत नगर्दा आदिवासी जनजाति संघको महाधिवेशन गर्न नसकेको गुनासो पनि गरेका छन् ।

IME
khanepani