![](https://nepalijanta.com/wp-content/uploads/2022/01/myagdi-ratnechour-viral-roa.jpg)
बेनी । पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकहरुको चहलपहल धेरै भएपछि आजदेखि प्रवेश निषेध गरिएको छ ।
कोभिड–१९ को महामारी वृद्धि हुँदै गएकोले यहाँको तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको हो ।
तोरीबारी धेरै भीडभाड बढेपछि जिल्ला प्रहरी कार्यालय बेनीबाट टोली परिचालन गरिएको छ भने आइतबार बिहानदेखि नै घुम्न आउने पर्यटकलाई प्रहरीले फर्काउन थालेको छ ।
आजदेखि तोरीबारीमा प्रवेश गर्न कडाई गरिएको छ र यो समयमा तोरीबारी तिर जानु उपयुक्त हुदैन भिडभाडले कोरोनाको जोखिम बढेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।
सरकारले जारी गरेको आदेश उल्लंघन गर्दै सवारीसाधन र पैदलमार्गबाट तोरीबारीमा पुगेकाहरुले मास्क समेत नलगाएको र तोरीबारी नष्ट हुने गरी तस्विर भिडिओ लिएपछि स्थानियले अनुरोध गरेकाले प्रवेशमा कडाई गरिएको हो ।
पछिल्ला साताहरुमा रत्नेचौरको तोरीबोरी र त्यहाँको सौन्दर्य सामाजिक संजालसहित फेसबुक टीकटक युट्युब लगायत मूलधारका मिडियामा पनि चर्चित भएका छन् ।
सयौं तन्नेरी रत्नेचौरको फाँटमा पुगेर दैनिक तोरीबारीलाई टीकटक, इन्स्टाग्राममा कैद गर्न जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्