काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न मानवअधिकार एलाइन्सको माग

5.19K
shares
khanepani bord

काठमाडौं । तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न मानवअधिकार एलाइन्सले माग गरेको छ।

एलाइन्सका अध्यक्ष मीनवहादुर शाहीले विज्ञप्ति जारी गर्दै ऐन अनुसार चैत्र ७ गतेभित्र निर्वाचन गर्नै पर्ने भन्दै एलाइन्सले ऐन संशोधन गर्नु लोकतान्त्रिक मर्यादा विपरित हुने बताएका छन्।

‘स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम २०७८ साल चैत्र ७ गते भित्र निर्वाचन सम्पन्न हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका राजनीतिक अधिकारहरु कटौती गर्ने गरि ऐन संशोधन गर्नु भनेको लोकतान्त्रिक मर्यादा विपरीतको कार्य हुनजान्छ भन्ने मानवअधिकार एलाइन्सको धारणा रहेको छ।’

आवधिक निर्वाचन, मतदानका अधिकारहरु नागरिकका आधारभूत मानवअधिकार भएको भन्दै एलाइन्सले स्थानीय तह एक दिन पनि जनप्रतिनिधि विहीन हुन नदिने गरि स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेको हो ।

IME
khanepani