काठमाडौं । नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले माघ २१ र २२ गते विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने जनाएको छ ।
माघ २१ गत शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म एनेस्थेसियोलोजी, डर्माटोलोजी लगायतका चार वटा विषयको र अपरान्ह २ बजेदेखि ४ बजेसम्म एनाटोमी, कम्युनिटी मेडिसिन, इमरजेन्सी मेडिसिन लगायतका ९ वटा विषयको परीक्षा हुने काउन्सिलले जनाएको छ ।
त्यस्तै माघ २२ गते शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म अब्सट्रेटिक एन्ड गाइनोकोलोजी, यूरोलोजी लगायत ४ बिषय र अपरान्ह २ बजेदेखि ४ बजेसम्म बायोकेमेष्ट्री, कार्डियो भ्यास्कुलर मेडिसिन/कार्डियोलोजी लगायतका १५ वटा विषयको परीक्षा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्