संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छः बिडारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएको बताएका छन् ।

आइतबार रिपोर्टस क्लवमा आयोजित साक्षत्कार कार्यक्रममा बिडारीले बाझिएको कुरा सुधार गरेर मात्रै स्थानीय तहको चुनाव हुने बताए ।

‘कानून र संविधान बाझिएको छ,’ उनले भने, ‘यो दोस्रो चुनाव भएको हुनाले पदावदीको गणना पटकबाट हुने हो । पदावदीको गणना हुने भएकाले संविधान र ऐन बाझिएको थाहा भएको हो । संविधानसँग बाझिएका कानून मिलाउनुपर्छ । संधिवानसँग बाझिएका कानून राखिराख्नु भएन, त्यसैले ऐन संशोधन गर्नुपर्छ ।’

संविधानले स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको भन्दै बिडारीले संविधानले दिएको अधिकार ऐनले काट्न नसक्ने बताए । ‘संविधानले भनेको दिन र संविधानले भने अनुसार चुनाव हुन्छ,’ उनले भने।

१६,माघ.२०७८,आईतवार १६:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्