काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले...

पुरा पढ्नुहाेस्

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

4.84K
shares
khanepani bord

काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते विज्ञापन गरेकामा १७ जनाले आवेदन दिएका हुन् ।

निगमको कार्यकारी निर्देशक बन्नको लागि हिजो (आइतबार) सम्म आवेदन दिने समय रहेको थियो । अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा जीवनप्रकाश सिटौला, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, डा. चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, विष्णुबाबु मिश्र, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव याद, उमेशप्रसाद थानी, पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमार छन् ।

सुरेन्द्र पौडेलको कार्यकाल सकिएसँगै पुस २३ गतेपछि कार्यकारी निर्देशक खाली छ । हाल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

IME
khanepani