काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

ललितपुरमा विद्यार्थीलाई बिहीबारबाट फाइजरको दोस्रो डोज

4.85K
shares
khanepani bord

लितपुर। ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट काेभिड-१८विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाउन पाउने भएका छन् । यसअघि फाइजरकाे पहिलाे डाेज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डाेज दिइन लागिएकाे हाे ।

खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खाेप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

२८ पुसमा खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २९ पुसमा खोप लगाएकालाई २३ माघमा वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र ताेकिएकाे छ ।

३० पुसमा खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र ताेकेकाे छ ।

IME
khanepani