अर्घाखाँचीमा थप एककाे मृत्यु, काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुग्याे

अर्घाखाँची। काेभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाकाे ज्यान गएकाे छ । मालारानी गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएकाे हाे ।

११ माघमा संक्रमण पुष्टि भएकी महिलाकाे मृत्यु भएसँगै अर्घाखाँचीमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुगेकाे छ ।

अर्घाखाँचीमा हालसम्म काेभिड संक्रमित हुनेकाे संख्या ४ हजार ८ सय ६२ पुगेकाे छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।

१८,माघ.२०७८,मंगलवार ०९:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्