काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

स्थानीय चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी

4.97K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोगका पदाधिकारी मंगलबार बालुवाटार जानेछन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।

IME
khanepani