पछिल्लो २४ घण्टामा ५५८३ जना कोभिड संक्रमित, ९ जनाको कोभिड संक्रमण मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५५८३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७६७४ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

१० हजार ७७६ पीसीआर परीक्षण गर्दा ३६५७ संक्रमित र ६८९८ एन्टीजेन टेस्ट गर्दा १९२६ संक्रमित पुष्टि भएका छन् ।

आज थप ८२६७ जना निको भएका छन् । थप ९ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ७४ हजार ६५३ पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थप १९०७ जना संक्रमित पुष्टि भएका छन् जसमध्ये काठमाडौंमा १४०४, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जना संक्रमित थपिएका छन् ।

१८,माघ.२०७८,मंगलवार १७:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्