श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता बापतको रकम तनहुँको भानु-९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरेका गरेका छन ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ता बापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उक्त रकम नेकपा (एकीकृत समाजवादी)का स्थानीय कार्यकर्तामार्फत क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको हो ।
मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लव, आमा समूह लगायत सामाजिक संस्थाहरुलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्