प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले देखाए कालो झण्डा

इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जिबी गजल नेतृत्वको टोलीले कालो झण्डा देखाएको हो । गठबन्धनलाई भागबण्डा पुर्‍याउन ७ मन्त्रालयबाट १२ पुर्‍याएकोले आर्थिक भार बढेको, जनजीविका र विकास निर्माण ठप्प पारेको भन्दै ती संगठनले विरोध गरेका हुन् ।

सोक्रममा प्रहरीले प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेपनि पक्राउ भने कसैलाई गरेन ।

२१,माघ.२०७८,शुक्रबार १४:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्