हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु

जनकपुरधाम । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु भएको छ ।

सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ ।

रुख अचानक ढलेपछि बालक र बालिका दुबैको टाउकोमै चोट लागेपछि घटनास्थलमै मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।

२१,माघ.२०७८,शुक्रबार १५:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्