काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

4.9K
shares
khanepani bord

काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ४ सय २५ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ ।

२४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले खोप लगाएका छन् ।

बिहीबार नेपालका कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ ।

IME
khanepani