काठमाडौँ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साेमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् ।
निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताए ।
‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ’ मन्त्री कार्कीले कान्तिपुरसँग भने,’अहिले मिति घोषणाकाे सम्बन्धमा जुन किसिमकाे कुरा गरिदैँछ यसमा कुनै किसिमको द्वविधामा नरहन म सबैमा आग्रह गर्दछु ।’
निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको हाे कि भन्ने शंका उत्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्