काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।
उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६८९ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६१४ पुगेको छ भने ९ लाख ९ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका २८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकामा घट्न थाले संक्रमित
यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जना संक्रमित छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ५६, कैलालीमा ५२, धादिङमा ५०, मोरङमा ३७, झापामा ३४ र चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा २०, बाँके र रुपन्देहीमा १८/१८ जना, धनुषामा १६, तनहुँमा १५, सिरहा र बागलुङमा १३/१३ जना, स्याङ्जामा ११ तथा रौतहट र पर्वतमा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्